Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

माधव पक्षका तीन नेता विष्णु पौडेलसँग छलफलमा

2021-05-10 01-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, २७ वैशाख । काठमाडौं । सांसद पदबाट राजीनामा नदिने पक्षमा उभिएका एमालेको माधव नेपाल समूहका तीन प्रभावशाली नेता संस्थापन पक्षसँग संवादमा जुटेका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक बस्न लागेका बेला अर्थमन्त्री विष्णु पौडेलसँग घनश्याम भुसाल,योगेश भट्टराई र गोकर्ण विष्टको वार्ता भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा चारजना नेता बीच छलफल चलिरहेको छ । यी नेताहरुले राजीनामाको विपक्षमा उभिएपछि माधव पक्ष अनुपस्थित हुने तर राजीनामा नदिने निष्कर्षमा पुगेको थियो । त्यसपछि नेताहरुबीच बेग्लै छलफलपछि बिष्णु पौडेलसँग वार्ता भएको हो । स्रोतका अनुसार घनश्याम योगेश र गोकर्ण विष्ट लगायतका सांसदहरु आज प्रतिनिधिसभा बैठकमा जाने मनस्थितिमा छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय