Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

अन्तिमसम्म पार्टी एकता जोगाउन प्रयास गर्छौं : नेता भट्टराईले

2021-05-10 01-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, २७ वैशाख । एमाले नेता योगेश भट्टराईले नेता विष्णु पौडेलसँग भएको पछिल्लो छलफल केही सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि, छलफलहरु टुंगोमा नपुगिसकेकाले आजका लागि यसअघि गरिएको निर्णय यथावत रहेको उनको भनाइ छ । तर, अझै समय रहेकाले अन्तिमसम्म केही नयाँ निर्णय आउने संकेत समेत भट्टराईले गरेका छन् ।

‘हाम्रो निर्णय भइसकेको छ, अन्तिमसम्म पार्टी एकता जोगाउन प्रयास गर्छौं । छलफल सकारात्मक छ’, भट्टराईले भने ।


सम्बन्धित खबर