Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

विराटनगरको दरैया बस्तीबाट लागुऔषध सहित एक जना पक्राउ

2021-05-11 01-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २८ वैशाख । विराटनगरबाट प्रहरीले लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर १३ का २८ बर्षीय बीर नारायण यादव रहेका छन् ।

सोमबार राती लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ दरैया बस्तीबाट उनलाई लागूऔषध Spascore–von plus ४८ चक्की , नाईट्रोसन ६२ चक्की, Diaiex DX १० बोतल सहित पक्राउ गरेको हो । पक्राउ परेका यादव उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय