Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

टाईम्स हस्पीटल रंगेलीद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

2021-05-11 02-05 | Hamro Biratnagar                  


A+ A A-

रंगेली : दक्षिणपुर्वी मोरङका सञ्चारकर्मीहरुलाई रंगेली स्थित टाईम्स हस्पीटलले स्वास्थ्य सामाग्री उपल्वध गराएको छ ।

टाईम्स हस्पीटलले रंगेली सहित आसपास क्षेत्रमा रहेर काम गरिरहेका आधा दर्जन सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री दिएको हो । हस्पीटलले पिपिई, अक्सोमिटर, माक्स, फेस सिल्ड, सेनिटाइजर र ग्लोवस वितरण गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहर संगै फ्रन्ट लाईनमा रहेर समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीहरु जोखिममा रहेकाले स्वास्थ्यलाई दिएर स्वास्थ्य सामाग्री उपल्वध गराएको हस्पीटलका निर्देशक पारस मण्डलले जानकारी दिए । हस्पीटलले यस अघि रंगेली क्षेत्रका जोखिममा रहेकाहरु लाई स्वास्थ्य सामाग्री उपल्वध गराई सकेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय