Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

गोरुको मासु बेचेको आरोपमा झापाबाट दुईजना पक्राउ

2021-05-11 04-05 | Hamro Biratnagar                  


A+ A A-

प्रहरीले गोरुको मासु बेचेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।

झापा बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने भारतका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई प्रहरीले गोरुको मासु बिक्री गरेको भन्दै पक्राउ गरेको हो।

उनीहरूले कोठाभित्र गोरुको मासु बिक्री गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। प्रहरीले उनीहरूलाई १५ किलो ५०० ग्राम गोरुकोे मासुसहित पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय इनारमनीबाट खटिएको प्रहरी टोेलीले उनीहरूलाई नियन्त्रणमा लिएको होे। घटनाबारे प्रहरीले थप अध्ययन गरिरहेको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय