Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्चद्वारा सरकारका नाममा आदेश जारी

2021-05-11 04-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं : कोरोना भाइरस संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन अन्तरिम आदेश जारी गरेको हो।

अधिवक्ता शैलेन्द्र प्रसाद अम्वेडकर समेतको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आवश्यक औषधी र अक्सिजनको आपूर्ति, अत्यावश्यक जनशक्ति आपूर्तिलगायतको व्यवस्था गर्न भनेको हो।

‘संक्रमित व्यक्तिहरूको दिनदिनै बढ्दै गइरहेको संख्यालाई दृष्टिगत गरी उपचारबाट कसैले पनि विमुख हुन नपरोस् भन्नाको लागि थप साधनयुक्त अस्पतालहरू संचालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्ने समेतका समस्याहरूको समयमै आवश्यक सम्वोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधी र अक्सिजनको आपूर्ति सहज बनाउनु। थप साधनयुक्त अस्पतालहरू संचालनमा ल्याउनु, अस्पतालहरूमा विरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नु र नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने यी उल्लेखित कुराहरूको व्यवस्थापनको लागि आवश्यकता अनुसार सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व समेत हुनेगरी एउटा कार्य समितिसमेत निर्माण गरी उल्लेखित समस्याको समाधान प्रभावकारी ढंगले गर्नु, गराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय