Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

कोरोना खोप खरिदमा भ्रष्टाचार नभएको स्वास्थ्य मन्त्री त्रिपाठीको दाबी

2021-05-11 04-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिदमा भ्रष्टाचार नभएको दाबी गरेका छन्। उनले खोप खरिदमा कमिसन नदिएको र आफूले पनि नलिएको बताएका हुन्।

स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले खोपका विषयमा धेरै हल्ला भएको बताए। मन्त्री त्रिपाठीले भने, ‘म स्पष्ट पार्न चाहन्छु– खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं।’

खरिद गरको २० लाख डोजमध्ये १० लाख डोज आएको जानकारी उनले दिए। भारतको खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युटमा आगलागी भएको र भारतमा पनि संक्रमण बढेकाले बाँकी खोप ल्याउन ढिलाइ भएको उनको भनाइ छ।

मन्त्री त्रिपाठीले भने, संसदमा पनि कुरा उठ्यो। बोल्न त बोल्नुस्। कुनै तथ्य बिना नबोल्नुस्, बरु तथ्याँक चाहिए हामी उपलब्ध गराउँछौं।

उनले एक डोजको चार डलरभन्दा कम मूल्यमा कसैले खोप उपलब्ध गराउँछ भने नेपाल सरकार १ करोड भन्दा बढी डोज खरिद गर्न तयार रहेको बताए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय