Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

धरानमा कोरोनाले मृत्यु भएका पुरुषको दाहसंस्कार गर्न दिइएन, विराटनगर ल्याएर अन्त्येष्टि

2021-05-11 10-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर २८ वैशाख-सुनसरीको धरानमा नदिएपछि कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव विराटनगर ल्याएर जलाइएको छ। सुनसरीका अन्य ठाउँमा समेत घाट नपाएपछि धरान-३ का ४६ वर्षीय पुरुषको शवको अन्त्येष्टि विराटनगर ल्याएर गरिएको हो।

संक्रमित पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो। मृतकका आफन्तले धरानमा नपाइएपछि सुनसरीको चतरा तथा इटहरीमा पनि घाटको खोजी गरेका थिए।

तर परिवारका सदस्य र आफन्तले धेरैतिर हारगुहार गरे पनि सुनसरीमा घाट पाउन सकेनन्। त्यसपछि मृतकको शव मंगलबार दिउँसो विराटनगर ल्याएर परोपकार घाटमा अन्त्येष्टि गरिएको हो।

धरान–३ का वडा सदस्य विकास बनेपानीले सुनसरीमा नपाइएपछि  विराटनगरको परोपकार घाटमा ल्याएर शवको अन्त्येष्टि गर्नुपर्ने अवस्था आएको जानकारी दिए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय