Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

हामीले सांसद पदबाट राजीनामा दिनुपर्छ : भीम रावल

2021-05-12 06-05 | Hamro Biratnagar                  


A+ A A-

नेकपा एमालेका नेता भीमबहादुर रावलले आफूहरूले सांसद पदबाट राजीनामा दिनु पर्ने बताएका छन् ।

बुधबार ट्वीट गर्दै रावलले अलोकतान्त्रिक काम गर्नबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न पदमुक्त गर्न आवश्यक रहेकाले आफूहरूले सांसद पदबाट राजीनामा दिनु पर्ने बताएका हुन् ।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ,’ उनले भनेका छन् ।

"असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।"

एमालेको खनाल–नेपाल समूहले २८ फागुन २०७७ को निर्णयलाई खारेज गर्दै पार्टीलाई २ जेठ २०७५ कै स्थितिमा फर्काउनु पर्ने माग गर्दै आएको छ । तर, अध्यक्ष ओलीले २८ फागुन २०७७ बाट पछि  फर्किन नसकिने बताउँदै आएका छन् ।

ओलीले आफूहरूका माग सम्बोधन नगरेको भन्दै एमालेको नेपाल समूहका २८ जना सांसदहरूले सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिएनन् । पार्टीले लगाएको ह्वीप उल्लंघन गर्दै नेपाल समूहका सांसदहरू विश्वासको मत लिनका लागि बोलाइएको २७ वैशाखको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका थिए ।

नेपाल समूहले माग पूरा नगरे सांसद पदबाट सामूहिक राजीनामा दिने चेतावनी अध्यक्ष ओलीलाई दिँदै आएको छ


सम्बन्धित खबर