Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

स्रोत नखुलेको ८२ लाख ५० हजार रुपैयाँसहित वीरगञ्जबाट चार जना पक्राउ

2021-05-12 06-05 | Hamro Biratnagar                  


A+ A A-

२९ वैशाख, काठमाडौं । स्रोत खुल्न नसकेको ८२ लाख ५० हजार रुपैयाँसहित वीरगञ्जको आदर्शनगर चोकबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु तीनजना भारतीय नागरिक र एकजना नेपाली हुन् ।

बाराको महागढी नगरपालिका ४ का १८ वर्षीय कलामुद्दिन अन्सारी, भारतको मोतिहारी जिल्ला रक्सौल १८ का २७ वर्षीय विकास कुमार, रक्सौल ९ का २२ वर्षीय गुड्डु कुमार र रक्सौल ५ का १८ वर्षीय साहिल गुप्ता पक्राउ परेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

वीरगञ्जको पानीटंकीमा डेरा गरी बस्ने विकास कुमारसहितका व्यक्तिहरुले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचनाका आधारमा बुधबार दिउँसो १ बजे उनीहरु पक्राउ परेको उनले बताए ।

बाराका कलामुद्दिन अन्सारीले बोकेको झोला चेकजाँच गर्दा २५ लाख रुपैयाँ बरामद भएको र विकासकुमारको कोठा खानतलासी गर्दा दुई वटा झोला र दुई वटा हेल्मेटमा लुएकार राखेको अवस्थामा ५७ लाख ५० हजार बरामद भएको उनको भनाइ छ । प्रहरीले उनीहरुले प्रयोग गर्ने ना।८प।४८९७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

उनीहरुविरुद्ध बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको पर्सा प्रहरीले जनाएको छ । अनलाइनखबरबाट


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय