Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन सकिँदा १०५ जना बिरामी जोखिममा

2021-05-13 12-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, ३० वैशाख । राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन सकिँदा कम्तीमा १०५ जना बिरामी जोखिममा परेका छन् ।

अस्पतालमा अक्सिजन सकिएर बिरामी छटपटाइरहेको भन्दै अस्पतालले अक्सिजन सहयोगका लागि अपिल गरेको छ । बिहान आठ बजेदेखि अक्सिजन पुरै ठप्प भएकाले बिरामी छटपटाइरहेको कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले जानकारी दिए ।

बुधबार रातभर विभिन्न ठाउँमा गएर अक्सिजनको जोहो गर्ने प्रयास गरे पनि सफल नभएको बताउँदै उनले अक्सिजन सहयोगको अपिल गरेका हुन् । ट्रमा सेन्टरले अक्सिजन ल्याउने शंकर अक्सिजन उद्योग बालाजुमा रातभरि कुर्दा पनि अक्सिजन पाउन नसकिएको अस्पतालको भनाइ छ ।

उनका अनुसार ट्रमा सेन्टरमा भर्ना भएका सबै बिरामीलाई हाइ फ्लो अक्सिजनको जरुरी छ । ट्रमामा दैनिक ४०० सिलिण्डर अक्सिजन चाहिनेमा तोकिएको १५० वटाको कोटा पनि पूरा नहुँदा विरामी जोखिममा परेका हुन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय