Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

झापाको मेचीनगरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

2021-05-13 12-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : झापाको मेचीनगर नगरपालिका १० टिकापुरमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बुधवार राती सवा ९ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रतीत भई रोडको साईडमा रोकेर राखिएको भारतिय नम्बरको ट्रकमा ठोक्किदा मोटरसाईकल चालक मेचीनगर नगरपालिका(१२ का ३० बर्षीय कुजैहाङ लिम्बु घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित खबर