Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

जसपा अध्यक्ष ठाकुरले बोलाए आफूनिकट सांसदहरूको बैठक

2021-05-13 02-05 | Hamro Biratnagar                  


A+ A A-

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर सांसदहरूको बैठक बोलाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल लगत्तै उनले आफूनिकट सांसदहरूको बैठक बोलाएका हुन् । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो तीन बजे सांसदहरूलाई बोलाइएको हो ।

गठबन्धन सरकार निर्माणका लागि बिहीबार साँझ ९ बजेसम्म समय तोकिएको छ । तोकिएको विषयमा दलहरूले छलफललाई तीव्रता दिइरहेका छन् ।

अध्यक्ष ठाकुरले बहुमतको सरकार निर्माणमा सहभागी नहुने बताइसकेका छन् । बैठकमा उनले देउवासँगको भेटबारे ब्रिफिङ गर्ने बताइएको छ ।


सम्बन्धित खबर