Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

मोरङमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

2021-05-14 03-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : मोरङमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

नोबेल शिक्षण अस्पतालमा सुनसरीको धरान उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई गत वैशाख २२ उपचारका लागि ल्याइएको थियो।

दाहालको उपचारकै क्रममा शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको बताए। नोबेलमै बिहान ६स्३० बजेतिर विराटनगर महानगरपालिका–१६ की ७४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ।

होम आइसोलेसनमै रहेकी उनलाई श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा समस्या थपिएपछि बिहान अस्पताल लगिएको हो। उपचारका लागि ल्याएको केही बेरमै चिकित्सकले मृत घोषित गरेका थिए।

धनकुटा जोरपाटीका ५६ वर्षीय पुरुषको पनि बिहान ५ बजेतिर मृत्यु भएको छ। उपचारकै क्रममा मृत्यु भएका उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको दाहालले बताए।

महोत्तरी घर भएका ७७ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै उपचारका क्रममा बिहान ५स्३० बजेतिर मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा यसअघि नै कोरोना पुष्टि भएका उनलाई उपचारका लागि बिहान १ बजेतिर मात्रै अस्पताल भर्ना गरिएको थियो। उपचार थालिएको साढे चार घण्टा बित्न नपाउँदै संक्रमितको मृत्यु भएको प्रबन्धक दाहालको भनाइ छ।

विराटनगर महानगरपालिका–११ मा बस्दै आएका ३८ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शुक्रबार बिहान १२स्३० बजेतिर मृत्यु भएको छ। पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो।

विश्वकर्माको उपचारकै क्रममा भेन्टिलेटरमा मृत्यु भएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए। उनका अनुसार विराटनगर–६ का ५६ वर्षीय पुरुषको पनि उपचारकै क्रममा बिहान १ बजेतिर मृत्यु भएको छ। कोशी कोभिडमै सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७९ वर्षीय पुरुषको मृत्यु भएको छ।

विराट शिक्षण अस्पताल बुढीगंगामा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार विराटनगर–९ का ४९ वर्षीय पुरुषको बिहीबारसाँझ ७:४० बजेतिर मृत्यु भएको हो। विराटनगर–६ का ६४ वर्षीय पुरुषको राति ८ बजेतिर विराटमै मृत्यु भएको देवले बताए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय