Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

मोरङमा निषेधाज्ञा उल्लंघन गर्नेलाई अब ‘अन द स्पोट’ कारबाही, एक महिना कैद र ९ हजार १ सय रुपैयाँसम्म जरिमाना हुने (सुचनासहित)

2021-05-14 08-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, ३१ वैशाख । थप कडाई गर्दै मोरङमा जारी निषेधाज्ञा आगामी जेठ ११ गतेसम्मका लागि थपिएको छ । जिल्ला प्रशासन मोरङमा शुक्रबार बसेको सुरक्षा बैठकले कोरोना महामारीका कारण संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको भन्दै अझ कडाईका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

अब निषेधाज्ञा उल्लंघन गर्नेलाई अन द स्पोट कारवाही गरिने भएको छ । विना कारण घर वाहिर हिँड्ने र निषेधाज्ञा उल्लंघन गर्नेलाई एक सय देखि ९ हजार एक सय रुपैयाँसम्म जरिमाना र एक महिनासम्म कैद हुने जिल्ला प्रशान कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले १ जेठ राती १२ बजेसम्मका लागि दोस्रो पटक जिल्लाभरी लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको थियो । मोरङका केही स्थानीय तह केन्द्रीत गरेर पहिलो पटक १८ बैशाख राती १२ बजेदेखि निषेधाज्ञा आदेश जारी भएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय