Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

सुनसरीमा युवा वर्गमा सबैभन्दा बढी कोरोना संक्रमण

2021-05-14 11-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, ३१ वैशाख । सुनसरीमा युवा वर्ग सबै भन्दा बढी कोरोना संक्रमित पाइएका छन् । स्वास्थ्य कार्यालय सुनसरीको तथ्याङ्क अनुसार संक्रमित मध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको संख्या बढी छ ।

कार्यालयले सो उमेर समूह हाल सम्मको संक्रमित संख्याको २८ दशमलव ९ प्रतिशत रहेको जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार त्यसपछि भने ३१ देखि ४० वर्ष उमेर समूह २३ दशमलव ६ प्रतिशत संक्रमित पाइएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार संक्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूह १६ं दशमलव १ प्रतिशत रहेको छ । ५१ देखि ६० वर्ष सम्मका व्यक्तिहरु १२ दशमलव २ प्रतिशत संक्रमति पाइएको छ ।

त्यसैगरी जेष्ठ नागरिक तर्फ ६१ देखि ७० वर्षका व्यक्तिहरु ६ दशमलव ४ प्रतिशत कोरोना पोजेटिभ पाइएको जिल्लाको तथ्याङ्कले देखाएको छ । कार्यालयको तथ्याङकका आधारमा अहिले सम्म कोरोना संक्रमित पाइएका १० वर्ष मुनिका बालबालिकाको संख्या ३ प्रतिशत छ ।

११ देखि २० वर्ष उमेर समूह भने ५ दशमलव ६ प्रतिशत संक्रमित पाइएको छ । सुनसरीमा दोस्रो लहरसँगै कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा छ । जिल्लाको सकृय संक्रमितको संख्या २ हजार नाघेको जनाएको छ । कार्यालयका अनुसार मृतकको संख्या ४० रहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय