Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

सेन्सर विना नेपालमा ‘राधे’ रिलिज, मन्त्रालयले दियो चेतावनी

2021-05-15 12-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, ३१ वैशाख । बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ सेन्सर नभई नेपालमा रिलिज भएपछि सूचना, संचार तथा प्रविधि मन्त्रालयले सेन्सर गरेर मात्र रिलिज गर्न चेतावनी दिएको छ । सेन्सर नगरी चलचित्र रिलिज गरिएमा कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने चेतावनी मन्त्रालयको छ ।

तर, अहिलेसम्म यो चलचित्रको सेन्सर भने भएको छैन । चलचित्र सेन्सर बोर्डका सदस्य सन्तोष कुमार थापाले सेन्सरका लागि अहिलेसम्म यो चलचित्रका वितरक नआएको बताए ।

यो चलचित्रलाई नेपालमा गोपिकृष्ण मुभिज अन्र्तगतको ए एठ् कम्पनीले नेपाल भित्राएको हो । यो चलचित्र विभिन्न ओटीटी प्लेटफर्म र डिस होम, नेट टीभी लगायतमा रिलिज भैसकेको छ । चलचित्रलाई दर्शकले २९९ रुपैयाँदेखि ३२५ रुपैयाँसम्म तिरेर हेर्न सक्नेछन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय