Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

विराटनगर आसपासका उद्योगहरुमा लुकाएर राखिएको दुई सय अक्सिजन सिलिण्डर भेटियो

2021-05-15 05-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १ जेठ । विराटनगर र आसपासका विभिन्न उद्योगले लुकाएर राखेको अक्सिजन सिलिण्डर प्रहरीले फेला पारेको छ । विभिन्न उद्योगहरुमा दुई सयभन्दा बढि अक्सिजन सिलिण्डरहरु लुकाएर राखेको अवस्थामा फेला परेको हो ।

अस्पतालहरुमा अक्सिजनको अभाव भएर संक्रमितहरुको मृत्यु भइरहेको बेलामा विभिन्न उद्योगहरुले अक्सिजन सिलिण्डर लुकाएर राखेका छन् भन्ने सूचना पाएपछि सम्बन्धित उद्योगहरुमा गएर लगत लिंदा सिलिण्डर फेला परेका हुन् ।

प्रहरीका अनुसार विराटनगर रानीस्थित हुलास मेटलमा मात्रै ४० थान अक्सिजन सिलिण्डर रहेको पाइएको छ । दुई तीनवटा बाहेक सवै सिलिण्डर भरी छन् ।

स्टिल पाइप बनाउने सो उद्योगमा अक्सिजनको आवश्यकता पर्ने हुनाले हुलास मेटलले अक्सिजन अग्रीम रुपमा भण्डार गरेको हो । आवश्यक परेको बेलामा उपलब्ध गराउने कागज सम्बन्धित उद्योगहरुसँग गरेको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय