Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

रंगेली घटना अपडेटः हत्या आरोपमा देवर पक्राउ

2021-05-19 04-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, ५ जेठ । मोरङको रंगेलीमा आफ्नै भाउजुलाई धारिलो हतियार प्रयार गरि हत्या गरेको आरोपमा मृतकका देवरलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको हत्या आरोपमा प्रहरीले उनकै देवर १९ वर्षीय विनोद यादवलाई पक्राउ गरेको हो ।

बुधबार विहान रंगेली–३ तिलुवा चोकस्थित नहरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा मृतक महिलाको शव फेला परेको थियो । लगत्तै इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्का नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट हत्यामा विनोदको संलग्नता देखिएकाले पक्राउ गरिएको प्रहरी निरिक्षक खड्काले जानकारी दिए ।

महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धानका लागि मृतकका पति बेचन, सासू, ससूरा र देवरलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा देवरले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका थिए ।

प्रहरी निरिक्षक खड्काका अनुसार मंगलबार दिउँसो घरमा देवर भाउजूबीच विवाद भएको थियो । विवादपछि बेलुका महिला घरबाट घटनास्थलतर्फ जाँदैगर्दा देवर पनि पछिपछि पुगेको र नहरको ढिलबाट लडाएर उनले धारिलो हतियार दाउ प्रहार गरि हत्या गरेका थिए ।

हत्यापछि फरार यादवलाई प्रहरीले घरबाहिर लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । मृतकको घर घटनास्थलबाट करिब दुई किलोमिटर टाढा छ । प्रहरीका अनुसार मृतक महिलाको दुई वर्षअघि मात्र विवाह भएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय