Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

कोरोना संक्रमणबाट एमाले नेता योगनारायण यादवको मृत्यु

2021-05-20 11-05 | Hamro Biratnagar                  


A+ A A-

कोरोना संक्रमणबाट नेकपा (एमाले) का नेता योगनारायण यादवको निधन भएको छ । एमालेका केन्द्रीय सदस्य यादवको उपचारको क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

मिर्गौला रोगबाट पीडित यादवको आज बिहान ४ बजे निधन भएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

धनुषाको सबैला नगरपालिका- १ मुसहरी टोल निवासी ५२ वर्षीय यादवलाई १४ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उपचारको लागि मेडिसिटीमा भर्ना गरिएको थियो ।

उनका शवलाई काठमाडौंमै व्यवस्थापन गरिने परिवारले जनाएको छ ।

२०४६ सालदेखि राजनीतिमा सक्रिय यादव एमालेका पोलिटब्युरो सदस्य र सांसद समेत बनेका थिए ।


सम्बन्धित खबर