Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

शेयर खरिद/बिक्रीबारे गलत सूचना सम्प्रेषण नगराउन धितोपत्र बोर्डको आग्रह, निर्मल प्रधानलाई कारवाही गर्ने चेतावनी

2021-05-20 11-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, ६ जेठ । नेपाल धितोपत्र बोर्डले शेयर खरिद वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न नगराउन आग्रह गरेको छ।

लगानीकर्ता निर्मल प्रधानले शेयर नै तोकेर खरिद गर्न सार्वजनिक रुप मै आग्रह गरेपछि बोर्डले शेयर खरिद वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न नगराउन आग्रह गरेको हो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था रहेको भन्दै बोर्डले सचेत गराएको हो ।

त्यस्तै, अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति वा संघसंस्थाले विस्तृत अध्ययनको आधारमा मात्र दोस्रो बजार सूचकांक तथा सूचिकृत संगठित संस्थाको शेयर मूल्यको विषयमा सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था रहेको पनि बोर्डले स्मरण गराएको छ ।


सम्बन्धित खबर