Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

भोलि नै ओलिलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔ:गगन थापा

2021-05-21 12-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपतिलाई महाभियोग लगाउन प्रस्ताव गरेका छन् ।  प्रधानमन्त्रीले राजिनामा नै नगरी नयाँ सरकार गठनको लागि आग्रह भएपछि नेता थापाले यस्तो प्रस्ताव गरेका हुन् ।

ट्वीट गर्दै थापाले भनेका छन् 'विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो। गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।'

आज बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि प्रतिनिधि सभा सदस्यहरुलाई आह्वान गरेकी हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि  प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न आग्रह गरेकी हुन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय