Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

ठाकुर-महतो पक्षका सांसदको बैठक सुरू, भट्टराई-यादव समूह अनुपस्थित

2021-05-21 11-05 | Hamro Biratnagar                  


A+ A A-

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरू भएको छ ।

उक्त बैठकमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष भने सहभागी भएको छैन ।

बैठकबारे ठाकुर-महतो पक्षले भट्टराई-यादव पक्षलाई जनकारी गराएको छैन ।

यादव पक्षका नेताले उक्त बैठकलाई गुटको भेला भनेका छन् । उनीहरूले आजको बैठक अध्यक्षद्वय ठाकुर र यादवबीच भएको सहमतिविपरित बैठक बोलाइएको पनि बताएका छन् ।


सम्बन्धित खबर