Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

कमल थापाको भने- ओली र देउवाका दाबी कीर्ते हुन्, खारेज गरेर चुनाव घोषणा होस्

2021-05-21 07-05 | Hamro Biratnagar                  


A+ A A-

राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले गरेको दाबी कीर्ते भएको बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै अध्यक्ष थापाले दुवै दावी कीर्ते भएकाले त्यससलाई खारेज गरेर संविधान बमोजिम चुनाव घोषणा गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

‘राष्ट्रपति महोदय, दुवै दावीमा संविधानको धारा ७६ (५) अनुसार 'विश्वासको मत प्राप्त गर्ने' आधार छैन । दुवै जाली/कीर्ते हुन् । दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस् । यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ,' उनले भनेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय