Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

एमालेले राष्ट्रपतिलाई बुझायो २६ सांसदको हस्ताक्षर दुरुपयोग गरेको लिखित जानकारी

2021-05-21 07-05 | Hamro Biratnagar                  


A+ A A-

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन जनाएका २६ सांसदको हस्ताक्षर दुरुपयोग भएको जानकारी राष्ट्रपति कार्यालयलाई बुझाएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको दाबी गरेका ओलीलाई समर्थन गर्नुको सट्टा देउवालाई समर्थन जनाउन नेता माधव नेपाल पक्षधरका सांसदको हस्ताक्षर दुरुपयोग भएको पत्र राष्ट्रपति कार्यालयमा बुझाइएको एक नेताले बताए ।

पार्टीको नीति विपरीत प्रधानमन्त्रीलाई कांग्रेस सभापति देउवालाई समर्थन जनाउन सांसदहरूको हस्ताक्षर दुरुपयोग भएको जानकारी संसदीय दलमार्फत राष्ट्रपति कार्यलयलाई जानकारी गराइएको छ,' एक नेताले भने ।

देउवाले एमालेका २६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दा  १ सय ४९ सांसदको हस्ताक्षर बुझाएका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय