Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

निषेधाज्ञामा विराटनगरमा अवैध घरेलु मदिराको कारोबार, बखरीमा मदिरा बनाउने सामाग्री बरामद

2021-05-22 01-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, ८ जेठ-निषेधाज्ञाको समयमा विराटनगरमा अवैध घरेलु मदिराको कारोवार हुने गरेको पाइएको छ । कोरोना संक्रमण तीब्र गतिमा फैलिइरहेकाले प्रशासनले निषेधाज्ञा जारी गरेपनि निषेधाज्ञाकै मौका छोपेर अवैध घरेलु मदिराको, उत्पादन, विक्रिवितरण तथा कारोवार हुने गरेको पाइएको हो ।

शुक्रबार साँझ विराटनगर–१२ स्थित बखरीबाट प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरासहित मदिरा बनाउने सामाग्री बरामद गरेसँगै यस्तो खुलासा भएको हो ।

शुक्रबार बखरीस्थित मंगलबारे टोलमा गैह्र कानूनी रूपमा घरेलु मदिरा बनाउने कार्य भइरहेको प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा सय लिटर, मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सय लिटर र मदिरा बनाउने भाडा वर्तन ८ थान समेत बरामद गरेको छ ।

बरामद गरेको मदिरासहितका सामाग्री जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा लगेर आन्तरिक राजश्व कार्यालयका प्रतिनिधी, विराटनगर महानगरपालिका–१ का वडा कार्यालयका प्रतिनिधी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी कर्मचारीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय