Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

एकैदिन ८८४८ जना भए कोरोना संक्रमणमुक्त

2021-05-22 05-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, ८ जेठ । नेपालमा एकै दिन ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

आज २० हजार १०५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९८० कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल  संक्रमितको संख्या ५ लाख ५ हजार ५४३ पुगेको छ । योमध्ये १ लाख १५ हजार ८०५ संक्रमित सक्रिय छन् । आज थप १२९ सहित संक्रमणबाट अहिलेसम्म ६ हजार १५३ जनाले ज्यान गुमाएका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय