Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

मास्क कालोबजारी गर्ने विराटनगरस्थित अधिकारी मेडिकोका सञ्चालक पक्राउ

2021-05-22 07-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, ८ जेठ । तोकिएको भन्दा अत्याधिक मुल्य लिएर मास्क विक्रि गर्ने एक फार्मेसी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । मास्कको कालोबजारी गर्ने विराटनगरस्थित कोसी अस्पताल अगाडीको अधिकारी मेडिकोका सञ्चालक ३१ वर्षीय भुपेन्द्रनाथ अधिकारीलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

उनले सुनसरीको दुहबी नगरपालिका–७ का ३७ वर्षिय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकल फुल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा विक्रि गरेको सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी दिए । प्रवक्ता राईले अधिकारीलाई फामेर्सीबाटै मास्कसहित पक्राउ गरिएको बताए ।

पक्राउ परेका अधिकारीलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाइएको प्रवक्ता राईले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय