Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

निषेधामा पनि विराटनगरमा लागुऔषधको ओसारपसार, दरैयाबाट फेरी एक जना पक्राउ

2021-05-24 12-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १० जेठ । निषेधाज्ञाको समयमा पनि प्रदेश राजधानी विराटनगर हुँदै लागूऔषधको ओसारपसार भइरहेको पाइएको छ । दिनहुँजसो प्रहरीले लागूऔषध बरामद गरिरहेका कारण निषेधाज्ञाको समयमा पनि विराटनगर–जोगबनी नाका हुँदै लागूऔषधको ओसारपसार भइरहेको फेला परेको हा ।

पछिल्लो समय प्रहरीले लागूऔषध सहित फेरी एक जनालाई पक्राउ गरेको छ । विराटनगर–१६ स्थित दरैयाबाट लागूऔषध सहित आइतबार राति स्थानीय सज्जु साहीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध डाईलेक्स डिइ २ बोतल, नाईट्राभेट ३० ट्याब्लेट, स्पस्मो प्रोक्सिभन प्लस–८ चक्की बरामद गरेको छ । पक्राउ परेका शाहीका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय