Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

कोरना संक्रमणबाट मोरङमा १३८ जनाको मृत्यु, विराटनगरमा सवैभन्दा बढी ७४ जना

2021-05-24 01-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १० जेठ । कोरोना भाइरको संक्रमणबाट मोरङमा १३८ जनाको ज्यान गएको छ । आइतबारसम्म मोरङका सवै स्थानीयतहमा कोरोना संक्रमणबाट उक्त संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङको तथ्यांक अनुसार जेठ ९ गते आइतबारसम्म विराटनगर महानगरपालिकामा कोरोना संक्रमणबाट सवैभन्दा बडी ७४ जनाको मृत्यु भएको छ ।

त्यस्तै रंगेली नगरपालिकामा तीन र सुनवर्षी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । रतुवामाई नगरपालिकामा आइतबारसम्म कुनै पनि संक्रमितको निधन भएको छैन ।

त्यस्तै उर्लाबारी नगरपालिकामा १५, पथरीशनिश्चरेमा सात, लेटाङमा एक, बेलबारीमा आठ, शुन्दरहरैँचामा १२, जहदा गाउँपालिकामा चार, धनपालथानमा एक र कटहरीमा दुई जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी ग्रामथानमा एक, केराबारीमा एक, बुढीगंगामा तीन, मिक्लाजुङमा दुई र कानेपोखरी गाउँपालिकामा तीन जनाको मृत्यु भएको जनाइएको छ ।


सम्बन्धित खबर