Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

विराटनगरका ११६० सहित मोरङमा १५३१ जनाले जिते कोरोना

2021-05-24 02-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १० जेठ । मोरङमा १५३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । जेठ ९ गते आइतबारसम्ममा मोरङका सवै स्थानीयतहमा कुल ८९६६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १५३१ ज्ना कोरोना मुक्त भएका हुन् । सवैभन्दा बढी विराटनगरका ११६० जनाले कोरोनालाई जितेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको तथ्यांक अनुसार रंगेली नगरपालिकामा ३७, सुनवर्षी नगरपालिकामा शुन्य, रतुवामाईमा २३, उर्लाबारीमा ८०, पथरीशनिश्चरेमा ३८, लेटाङमा १०, बेलबारीमा १४, शुन्दरहरैँचामा २५, जहदा गाउँपालिकामा १९, धनपालथानमा ९ र कटहरीमा ४९ जना कोरोना मुक्त भएका छन् ।

त्यस्तै ग्रामथानमा ३०, केराबारीमा ४, बुढीगंगामा १०, मिक्लाजुङमा ११ र कानेपोखरी गाउँपालिकामा १२ जनाले कोरोनालाई जितेको जनाइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय