Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

थप कडाइ गर्दै एक साता निषेधाज्ञा थप्ने तयारी

2021-05-24 03-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १० जेठ । काठमाडौं उपत्यकामा कारोना भाइरस संक्रमण दर रोक्नको लागी थप एक हप्ता निषेधाज्ञा थपिने भएको छ । काठमाडौं उपत्यकामा कारोना संक्रमण नघटेको भन्दै काठमाडौंका तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लम्ब्याउने भएका हुन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप कडाइका साथ निषेधाज्ञा थप्ने तयारी भएको जानकारी दिए । उनका अनुसार संक्रमण दर नघटेको र भीडभाडमेत बढ्दै गएकाले एक हप्ता थप्ने तयारी भएको हो ।

अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।उपत्यकाको तीनै सिडिओहरुको बैठक भोलि मंगलबार बस्ने र थप कडाइ र आदेश जारी गर्दै काठमाडौं, भक्तपुर र ललितपुरमा थप्ने निर्णय गर्ने पराजुलीको भनाई छ । अब अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, होल्डिङ गर्ने बिषयलाई थप कडाइ गरिने जनाइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय