Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

गणेश पहाडी र पवित्रा निरौलाको हस्ताक्षर पनि कीर्ते गरेको पुष्टि

2021-05-24 03-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, जेठ १०-माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफू निकटका नेताको हस्ताक्षर दुरूपयोग गरेको थप पुष्टि भएको छ । एमालेका नेताहरू गणेश पहाडी र पवित्रा निरौला खरेलले आज सनाखत गर्ने कार्यक्रममा सहभागी नभएर हस्ताक्षर कीर्ते भएको प्रमाणित गराउनुभएको हो ।

उहाँहरूले माधवकुमार नेपाल आफै प्रधानमन्त्री बन्ने प्रयोजनका लागि हस्ताक्षर मागेर देउवाका लागि प्रयोग गरेको भन्दै आपत्ति प्रकाट गर्नुभएको हो ।

यसअघि लोकप्रिय नेता गोकर्ण विष्टले आफ्नो हस्ताक्षर दुरूपयोग भएकोमा असन्तुष्टि जनाउनुभएको थियो भने योगेश भट्टराइले सार्वजनिक रूपमै टिप्पणी गर्दै आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । विघटित प्रतिनिधिसभामा नेपाल पक्ष भनिएका सांसद अब समानुपातिकसहित जम्मा २३ मै सीमित भएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय