Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

इटहरी रंगशालाको आइसोलेसन प्रभावकारी

2021-05-24 05-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १० जेठ । इटहरी उपमहानगरपालिकाले इटहरी रंगशालामा संचालन गरेको आइसोलेसनको सेवा प्रभावकारी रहेको त्यहाँ रहेका संक्रमितहरुले वताएका छन ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दुरी कायम गरेर कोभिड संक्रमितहरु सँग गर्नुभएको भेटघाटका क्रममा उहाँहरुले खाना, औषधी र सुत्ने ब्यवस्था साथै अक्सिजनको समेत राम्रो प्रवन्ध पाएको भन्दै उपमहानगरपालिकालाई धन्यवाद दिएका छन ।

उपप्रमुख गौतमले ब्यवस्थापन कस्तो रहेको छ भनेर गर्नुभएको प्रश्नमा विहान वेलुकी खाना,दुई पटक नास्ता,अण्डा,दुघ,हरियो साग साथै मासुको समेत ब्यवस्था रहेको वताउनुभएको हो । उहाँहरुले यति राम्रो ब्यवस्थापन छ भन्ने आफूहरुलाई नलागेको प्रतिक्रिया दिनुभएको छ ।

इटहरी उपमहानगरले इटहरी रंगशालामा २४ घण्टा स्वास्थ्यकर्मी सहित ५० वेडको आइसोलेसन संचालन गरिरहेको छ । सवै वेडमा अक्सिजनको प्रवन्ध गरिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय