Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

स्वास्थ्य संकटकाल लगाउने गृहकार्यमा लाग्यो स्वास्थ्य मन्त्रालय

2021-05-24 07-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौँ, १० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउने गृह कार्य अघि बढाएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि मन्त्रालयले स्वास्थ्य संकटकाल सम्बन्धी प्रस्ताव मन्त्री परिषदमा लैजाने मन्त्रालयले जनाएको छ ।

सोमबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकाल लगाउन अघि गर्नुपर्ने तयारीमा अहिले लागिरहेको बताए ।

उनले अरु मन्त्रालयसंग समेत केही विषय जोडिएकोले त्यसमा केही काम बाकि रहेको भन्दै छिटै नै स्वास्थ्य संकटकालको प्रस्ताव मन्त्रिपरिषद समक्ष लैजाने जानकारी दिए ।

उनले केही जनस्वास्थ्य निरीक्षक नियुक्ति लगायतका कार्यहरु बाँकी रहेको समेत बताएका थिए ।

त्यसअघि स्वास्थ्य मन्त्री हृदयेष त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा आफू सकारात्मक रहेको बताएका थिए । उनले पनि आवश्यक प्रक्रिया पुरयाई स्वास्थ्य संकटकाल लगाउने जानकारी दिएका थिए ।


सम्बन्धित खबर