Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

विराटनगरको सिंघिया खोलामा महिलाको शव फेला

2021-05-25 04-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, ११ जेठ । विराटनगरमा मंगलबार दिउँसो एक महिलाको शव मृत अवस्थामा फेला परेको छ । विराटनगर–३ घर भएकी ४३ वर्षिय सुमित्रा खतिवडाको मृत अवस्थामा शव फेला परेको हो ।

उनको विराटनगरस्थित सिंघिया खोलामा डुवेको अवस्थमा शव मंगलबार दिउँसो ३ बजे भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले मोरङ प्रहरीको अनुसन्धान टोली पुगेको छ । घटना वषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

उनले मृतक महिला डिप्रेसनको औषधी सेवन गर्दै गरेको र शरिरमा पनि कुनै निलडाम नरेहेकाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको बताए । मतकका विषयमा पोष्टमार्टम पछि घटनाबारे थप खुले उनले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय