Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा, किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने

2021-05-25 07-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक सातासम्म लम्बिएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले २० जेठसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

उनीहरूले कोभिड १९ संकट व्यवस्थापन अध्यादेशका मापदण्ड कडाइका साथ पालना गराउन मातहतका निकायलाई निर्देशन दिएका छन् । जनस्वास्थ्य मापदण्ड उल्लंघन भएको पाइएमा एक वर्ष जेल र पाँच लाखसम्मको जरिवाना तोकिएको छ ।

यस्तै, मास्क नलागउनेलाई एक पटकमा सय रुपैयाँ र दोस्रो पटक दोब्बर दस्तुर अध्यादेशमा तोकिएको छ भने सवारी साधनले निषेधाज्ञा उल्लंघन गरेमा दुई हजारदेखि पाँच हजारसम्मको जरिवाना अध्यादेशले निर्धारण गरेको छ ।

निषेधाज्ञा अवधिमा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न प्रतिबन्ध लगाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बिहान ९ बजेसम्म भने तरकारी पसल, माछामासु र दूधका पसल खोल्न पाइने छैन । यस्तै, मर्निङ वाक र इभिनिङ वाक गर्न पनि प्रतिबन्ध लगाइएको उनले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय