Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

लागूऔषध सहित २ जना पक्राउ

2021-05-26 10-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १२ जेठ । झापा गौरीगंज गाऊपालिका २ लालमाटी स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका साढे ५ बजे लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय लोकेन्द्र खड्का र सोही स्थानका २४ बर्षीय कमल दाहाल रहेका छन् । उनिहरुले तरकारी बोकेको झोला भित्र लागूऔषध ल्याबोरेट कोहीनफस्पेट (कोरेक्स) १२ बोतल, WIN Spasmo48 -२८  ट्याब्लेट  र Nitravet -३० ट्याब्लेट फेला पारेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित खबर