Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

संसद विघटनबारे भारतले भन्यो–यो नेपालको आन्तरिक मामिला हो

2021-05-26 04-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १२ जेठ । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

नयाँ दिल्लीमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा विकसित घटनाक्रमलाई भारतले नजिकबाट नियाली रहेको र ती आन्तरिक मामिला भएको बताए ।

प्रवक्ता अरिन्दम बागचीले भने- ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’ छिमेकी मित्रराष्ट्र भएको नाताले भारतले नेपालको शान्ति, समृद्धि र स्थायित्वको यात्रामा साथ दिने पनि जनाएको छ ।


सम्बन्धित खबर