Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

कोशी प्रदेश

काेसीमा काल बनेर खस्छ चट्याङ : मृतक बढेकाे बढ्यै !

नोट: यो समाचार १ महिना अघिको हो

Calendar आइतबार, जेठ १८, २०८२  | अपराह्न १:४३ बजे

विराटनगर । चट्याङबाट हरेक वर्ष कोसी प्रदेशमा अन्यत्रको तुलनामा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् । कोसी सबैभन्दा धेरै चट्याङबाट मानिस मर्ने प्रदेश भएको तथ्यांकले नै देखाएको छ । राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा हरेक वर्ष सरदर एक सय जनाको मृत्यु चट्याङबाट हुन्छ।

प्राधिकरणको तथ्यांक अनुसार २०७२ वैशाख १ देखि २०८२ जेठ १५ को अवधिसम्ममा (दश वर्षमा) चट्याङबाट देशभर ८०५ जनाले ज्यान गुमाइसकेका छन्। दुई हजार ७२४ वटा चट्याङका ती घटनामा घाइते हुनेको संख्या दुई हजार ७४६ छ।

बिज्ञापन

२०८२ सुरू भएयताको डेढ महिनाको अवधिमा मात्रै मुलुकभर ९९ वटा चट्याङका घटनामा परेर १४ जनाको मृत्यु भयो । ७३ जना घाइते भएका छन्।

प्रदेशगत रूपमा चट्याङबाट ज्यान गुमाउनेको सबभन्दा ठूलो संख्या कोसीमा छ। कोसी प्रदेश सरकारका विपद विज्ञ रामकुमार दाहालले विगत लामो समयदेखि कोसीमा चट्याङले सबभन्दा ठूलो मानवीय क्षति गर्दै आएको बताए ।

विपदहरूमध्ये कोसीमा सर्वसाधारणको ज्यान चट्याङका कारण अधिक जान्छ । त्यसपछि मात्रै बाढीपहिरो र आगलागीका घटनामा मानिसहरुको मृत्यु हुने गर्छ । २०७२ वैशाखदेखि २०८१ चैत अन्तिमसम्म कोसीमा ७११ वटा चट्याङका घटना भए । तिनमा परेर २१० जनाको मृत्यु भइसकेको छ। ५७० जना घाइते भएका छन्।

यही अवधिमा मधेस प्रदेशमा २०७ वटा चट्याङका घटनामा ११२ जनाले ज्यान गुमाउँदा १३७ जना घाइते भएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए। त्यसैगरी बागमतीमा ३५२ वटा घटनामा १२० जनाको मृत्यु भएको छ। ४६२ जना घाइते भएका छन्।

गण्डकीमा ३०६ वटा घटनामा ७५ जनाले ज्यान गुमाउँदा २७४ जना घाइते भएका छन्। लुम्बिनीमा ४०६ वटा घटनामा १३९ को मृत्यु भयो भने ३९२ जना घाइते भएका छन्।

त्यस्तै कर्णालीमा २८० घटनामा ४७ जनाले ज्यान गुमाए। ३७८ जना घाइते भए। सुदूरपश्चिम प्रदेशमा ३५२ वटा चट्याङका घटनामा पछिल्लो दशकमा ज्यान गुमाउनेको संख्या ८३ छ। ४४८ जना घाइते भएका छन्। नेपालमा सबभन्दा धेरै चट्याङ पर्ने प्रदेश कोसी हो भने सबभन्दा कम पर्ने कर्णाली।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो