Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

कोरोना संक्रमण मुक्त हुने दरको ग्राफ उकालो, आज ७२२६ निको

2021-05-27 05-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, जेठ १३-नेपालमा आज कोरोना संक्रमणबाट मुक्त हुने दरको ग्राफ उकालो लागेको छ । नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने संख्या धेरै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ४२ हजार २५६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६९ सय ५१ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९३९ जनालाई संक्रमण पुष्टि भएको छ भने १०६ संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर गरिएको २० हजार ४१४ जनाको पीसीआर र ५७८ जनाको एन्टिजेन परीक्षणका क्रममा  ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। अहिले १ लाख १६ हजार ४७६ जना संक्रमित आइसोलेसनमा छन् । देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् भने १ हजार ९ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जानकारी दिएको छ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय