Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

अध्यादेशमार्फत शनिबार बजेट ल्याइने

2021-05-27 06-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाण्डौ, १३ जेठ । आगामी आर्थिक वर्षको बजेट शनिबार दिउँसो ४ बजे सार्वजनिक गरिने भएको छ । अर्थ मन्त्रालयका अनुसार बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हल सिंहदरबारबाट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभा विघटन भएका कारण नयाँ संविधान आएपछि पहिलोपटक बजेट अध्यादेशमार्फत ल्याउन लागिएको हो ।

सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था छ । तर योपटक राजनीति तरलताका कारण नीति तथा कार्यक्रम आएन । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलब बढाउने घोषणा गरिसकेका छन्। त्यसैले आगामी आर्थिक वर्षको बजेट बढी पपुलर खालको आउने अनुमान गरिएको छ। सबैलाई रिझाउन खोज्दा बजेटको आकार भने बढ्ने देखिन्छ ।

बजेटअघिको आर्थिक सर्वेक्षण भने शुक्रबार दिउँसो २ बजे सार्वजनिक हुने भएको छ । आर्थिक सर्वेक्षण भने अर्थ मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोत बताउँछ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय