Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

कोरोनाको खोप नदिए पेट्रोलियम ढुवानी ठप्प पार्ने पेट्रोलियम डिलर्स एशोसिएसनको चेतावनी

2021-05-28 03-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १४ जेठ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले अहिलेको अवस्थामा जुनसुकै समयमा पनि पेट्रोलियम ढुवानी र बिक्री वितरण बन्द हुनसक्ने चेतावनी दिएको छ । पेट्रोलियम पदार्थको आपूर्ति एवं विक्री वितरण गर्दै आएका व्यवसायीहरुको सो संस्थाले सरकारले खोपको व्यवस्था नगरेको भन्दै यस्तो चेतावनी दिएको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याललाई पत्र लेख्दै एशोसिएसनले १० हजार ३ सय ४६ जना पेट्रोलियम व्यवसायी र श्रमिकलाई खोप लगाउन यसअघि नै माग गरे पनि हालसम्म कसैले नपाएको जनाएको छ । खोपको अभावकै कारण हालसम्म पेट्रोलियम क्षेत्रमा काम गर्ने १ हजार जना भन्दा बढी संक्रमित भइसकेको र ११ जनाको मृत्यु भइसकेको समेत संघले प्रस्तुत गरेको छ ।

खोपको माग गर्दै एशोसिएसनले सरकारलाई पत्र लेखेको यो तेस्रो पटक हो । यसअघि फागुन ७ गते र बैशाख १७ गते पनि एशोसिएसनले सरकारलाई पत्र पठाएको थियो ।


सम्बन्धित खबर