Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

न्यायाधीश बमकुमारको निष्पक्षतामाथि प्रश्न उठेपछि कड्किए प्रधानन्यायाधीश, न्यायालयको निष्पक्षता तपाईंहरूले मात्रै जोगाउने हो?

2021-05-28 03-05 | Hamro Biratnagar                  


A+ A A-

संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको छनोटलाई लिएर वकिलहरूले प्रश्न उठाएका छन् ।

नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा संलग्न भएकाले न्यायाधीश श्रेष्ठको भूमिका निष्पक्ष नहुने दाबी गर्दै अधिवक्ता गोविन्द बन्दीले प्रश्न उठाएका हुन् ।

बहसका बेला बन्दीले भनेका थिए,’ बमकुमार श्रेष्ठको फैसलाले नेकपा दुई टुक्रा पारेको हो । त्यही प्रसंगबाट आएको यो विघटनमा उहाँ बेन्चमा हुनुहुन्छ । उहाँको निष्पक्षतामाथि शंका छ ।’

बन्दीको यो भनाइपछि प्रधानन्यायाधीश राणा बम्किएका थिए । ’पहिले पनि यस्तै प्रश्न उठेका थिए । न्यायालयको निष्पक्षता तपाईंहरूले मात्रै जोगाउने हो ? आज तपाईंले एक जनालाई प्रश्न गर्नुभयो । भोलि अर्काले अर्कोलाई गर्ला । हामी न्यायाधीश र यो इजलासलाई विश्वास गर्नुस्,’ राणाले भनेका थिए ।

प्रधानन्यायाधीशको भनाइमा बन्दीले सवालजवाफ जारी राखेपछि राणाले आजको इजलास टुंगाउँदै अर्को सुनुवाइ आइतबार हुने बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय