Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

आर्थिक सर्वेक्षण : अर्थतन्त्रका कुनै पनि क्षेत्र ऋणात्मक नहुने

2021-05-28 04-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १४ जेठ । चालू आर्थिक वर्षमा अर्थतन्त्रका कुनै पनि क्षेत्र ऋणात्मक नहुने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमतन्त्रमा मुख्य योगदान पुर्‍याउने प्रथम कृषि, द्वितीय उद्योग क्षेत्र र तृतीय सेवा क्षेत्र सबैको बढोत्तरी हुने अनुमान गरेको छ ।

चालू वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.६ प्रतिशत उद्योग क्षेत्रको वृद्धिदर ५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४.४ प्रतिशत रहने अनुमान गरेको छ ।

त्यस्तै, समग्र अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २५.८ उद्योग क्षेत्रको योगदान १३.१ प्रतिशत र सेवा क्षेत्रको योगदान ६१ प्रतिशत हुने अनुमान गरिएको छ ।

देशको अर्थतन्त्र ४२ खर्ब ६६ अर्ब रुपैयाँको पुग्ने अनुमान गरिएको छ । जसमा बागमती प्रदेशको योगदान ३७ प्रतिशत र कर्णाली प्रदेशको योगदान ४ प्रतिशत हुने अनुमान गरिएको छ । यो आंकलन चालू वर्षको नौ महिनामा आधारित हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय