Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

७७ वटै जिल्लामा स्वास्थ्यकर्मीको सुरक्षामा ध्‍यान दिन गृहको निर्देशन

2021-05-28 04-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १४ जेठ । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गैरकानुनी भन्दै गृहमन्त्रालयले त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने बताएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्नलाई कानुनी कारबाहीका लागि मातहतका निकाय दृढ रहेको बताएको हो ।

‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो । यस्ता गतिविधिलाई फौजदारी कसूर अन्तर्गत कारबाही अघि बढाउन गृह मन्त्रालय दृढ छ,’ मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । यस्‍तै मन्त्रालयले भेरी अस्पतालमा भएको तोडफोड र स्वास्थ्यकर्मीमाथिको हातपातबारे छानविन गर्न सात सदस्यीय समिति गठन गरिएको बताएको छ ।

बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्  । बिरामीको मृत्यु भएपछि तुलसीपुर-११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । उनीहरू तीनै जना पक्राउ परेको प्रहरीले जनाएको छ । अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय