Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

मोरङको कानेपोखरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

2021-05-28 04-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १४ जेठ । मोरङको कानेपोखरीमा भएको दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परेर कानेपोखरी गाउँपालिका–२ केरौनका ३२ वर्षीय दिलीप चौधरीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।

एसपी शर्माका अनुसार मृतक चौधरी सवार रहेको को ३२ प ३७६९ नम्बरको मोटरसाइकललाई को २ त ९८५८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्याक्टरले कानेपोखरी–५ शान्ति चोकमा बिहीबार साँझ ६ बजेतिर सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

कानेपोखरी–रङ्गेली सडक खण्डमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा साँझ मृत्यु भएको एसपी शर्माले बताउनुभयो । दुर्घटनापछि फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय