Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

विराटनगरमा नक्कली रेमडिसिभिर बनाएर विक्रि गर्ने ‘साथी फार्मेसी’ का सञ्चालक दुई लाख धरौटीमा छुटे

2021-05-28 10-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १४ जेठ । अरुनै औषधीको खोलमा रेमडिसिभिरको नक्कली स्टिकर टाँसेर महंगोमा विक्रि वितरण गरेका ओरोपमा पक्राउ परेका फार्मेसी सञ्चालक धरौटीमा रिहा भएका छन् ।

नक्कली रेमडिसिभरको नक्कली लेभल लगाएर चर्को मुल्यमा विक्रि गरेको आरोपमा पक्राउ परेका विराटनगरस्थित साथी फार्मेसीका सञ्चालन २६ वर्षीय सोनु आलम दुई लाख धरौटीमा रिहा भएका हुन् । उनलाई दुई लाध धरौटी बुझाएर छोड्न जिल्ला प्रशाुन कार्यालय मोरंगले आदेश दिएको हो ।

आलमलाई प्रहरीले गत २४ वैशाखमा पक्राउ गरेको थियो । कालोबजारी ऐन अन्तरगतको मुद्दामा उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।

आलमको समुहले भारतको पटनाबाट ज्वरो आउँदा प्रयोग गरिने ९० रुपैयाँ पर्ने स्टासेफ नामक एन्टिबायोटिक ल्याएर सोही औषधीको बोतलमा रेमडेसिभिरको नक्कली लेभल लगाएर ८ देखि २५ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय