Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

आज विराटनगरसहित मोरङ जिल्लाका घर–घरमा दिप प्रज्वलन गरि गणतन्त्र दिवस मनाउन प्रशासनको आग्रह

2021-05-29 09-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले जनतालाई तीन दिनसम्म घर–घरमा दिप प्रज्वलन गरी गणतन्त्र दिवस मनाउन उर्दी जारी गरेको छ ।

मोरङका सहकायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी भएको सूचनामा जेठ १४ गतेदेखि १६ गतेसम्म घरघरमा दिपावली गर्न भनिएको छ । ‘गणतज्त्र दिवस, २०७८ मूल समारोह समितिको निर्णयानुसार मिति २०७८ साल जेठ १५ गते ‘गणतन्त्र दिवस’का अवसरमा यही जेठ १४, १५ र १६ गते तीनदिनसम्म मोरङ जिल्लाका हरेक घर–घरमा दीप प्रज्ज्वलन गरी दीपावली गरी भव्यताका साथ गणतन्त्र दिवस मनाउनु हुन सम्पूर्ण जिल्लाबासी आमनागरिकहरुका अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।

उक्त सूचनामा कोरोना संक्रमणका कारण ज्यान गुमाइरहेको र दिवस मनाउन आवश्यक सचेतना अपनाउने वाक्य भने अटाएको छैन ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय