Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

यी व्यक्तिले लगाउनु हुँदैन कोरोना खोप !

2021-05-29 10-05 | Hamro Biratnagar                  


A+ A A-

कोरोना विरुद्धको खोपले भाइरस, रोग वा सङ्क्रमणसँग लड्न शरीरलाई तयार गर्छ। यसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई आक्रमण गर्ने तत्त्वको पहिचान गर्न सघाउँछ। चिकित्सकहरूका अनुसार केही अवस्थामा बाहेक सामान्यतया सबैले कोरोनाभाइरसको खोप लगाउनु हुन्छ। खोपमा भएका केही तत्त्वहरूप्रति एलर्जी छ भने खोप लगाउन नहुने चिकित्सकहरू बताउँछन्।

कोरोना खोप कसले लगाउनु हुँदैन :

-यो खोपको पहिलो मात्रा लिएपछि गम्भिर एलर्जी (एनाफाइलेक्सिस् प्रतिक्रिया) भएको व्यक्तिहरूले ।

-यसभन्दा अघि अरु कुनै खोप वा औषधिसँग गम्भिर एलर्जी (एनाफाइलेक्सिस्) प्रतिक्रिया भएको।

-गर्भवती महिलाहरूलाई ।

-कोभिड भएको छ र निको भएको छ भने आठ हप्तासम्म खोप लगाउन मिल्दैन।

यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन ।


सम्बन्धित खबर